२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका २ सहित थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका २ सहित थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा एकैदिन थप ६२९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल गरिएको परीक्षणमा काठमाडौंमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा डिस्चार्ज हुनेमा ११४ जना रहेका छन् । जसमध्ये महिला ८ जना र पुरुष १०६ जना रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

कहाँ कति थपिए ?

प्रादेशिक प्रयोगशाला विराटनगर-झापाका १ जना, मोरङका १ जना

कोशी अस्पताल प्रयोगशाला-
सुनसरीका १ जना

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला-झापाका १० जना

गजेन्द्रनारायण निधि अस्पताल प्रयोगशाला राजविराज-सप्तरीका ६ जना

प्रादेशिक प्रयोगशाला जनकपुर-धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु- अछामका १० जना, बैतडीका ४ जना, बाजुराका ७ जना, डोटीका ४८ जना, कैलालीका ४८ जना, कन्चनपुर ८५ जना, पर्वतका २ जना, रौतहटका ४४ जना, सर्लाहीका २० जना,

शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला- धादिङ २ जना, काठमाडौंका १ जना

भरतपुर अस्पताल प्रयोगशालामा-चितवनका १ जना, तनहुँका १ जना, नवलपरासीपूर्वका ३ जना

हेटौडा प्रयोगशाला-नवलपरासीपूर्वका २ जना, पाल्पाका १४ जना

पाटन अस्पताल ललितपुर प्रयोगशाला-भक्तपुरका १ जना

वीर अस्पताल प्रयोगशालामा-अछामका १३ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला-कास्कीका ४ जना, गोरखाका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा-बाग्लुङका ९ जना, गोरखाका १ जना, कास्कीका ५ जना, लमजुङका ५ जना, पर्वतका १ जना, स्याङजाका ७ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही-गुल्मीका ५ जना, कपिलवस्तुका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज-बाँकेका ९ जना, बर्दियाका १ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ-दाङका ७६ जना, प्यूठानका १० जना

प्रादेशिक प्रयोगशाला सुर्खेत-जाजरकोट १ जना, सुर्खेतका १४ जना, दैलेखका ४ जना, कालिकोटका १ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढी-कैलालीका १०३ जना, बाजुराका १ जना र कन्चनपुरका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ