२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २ चिकित्सकसहित ४ सय १७ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

थप २ चिकित्सकसहित ४ सय १७ कोरोना संक्रमित, कुन जिल्लामा कति ?


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ४ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण पुष्टि भएको छ । हेल्थ आवाजका प्रदेश संवाददाताहरुले पठाएको विवरणअनुसार थप २ जना चिकित्सकसहित ५ स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । संक्रमित हुने स्वास्थ्यकर्मीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ चिकित्सक र १ बायोमेडिकल इन्जिनियर रहेका छन् ।

त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ चिकित्सक र २ स्वास्थ्यकर्मी पनि कोरोना पोजेटिभ देखिएको छ । प्रदेश १ प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ मा जम्मा ९२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सप्तरीका १४ जना, सिराहाका ६ जना, महोत्तरीका ४ जना, धनुषाका १५ जना, बाराका २ जना र रौतहटका ५१ जना रहेका छन् ।

प्रदेश तीनको चितवनस्थित भरतपुर अस्पताल प्रयोगशालामा ३४ जनामा कोरोना पुष्टि भएको छ । जसमा चितवनका १२ जना र नवलपरासी पूर्वका २१ र १ जना चितवन मेडिकल कलेजमा उपचाररत बिरामी छन् ।

गण्डकी प्रदेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना कोरोना पुष्टि भएको छ । जसमा तनहुँका २ जना, स्याङजाका १ जना र बाग्लुङका १  जना रहेका छन् ।

प्रदेश ५ को प्रदेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १०३ जनामा कोरोना पुष्टि भएको छ । जसमा पाल्पाका ७६ जना, गुल्मीका १३ जना, कपिलवस्तुका ४ जना, रुपन्देहीका ६ जना, नवलपरासीका १ जना र अर्घखाँचीका ३ जना रहेका छन् ।

यता, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका ९५ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ चिकित्सक र २ स्वास्थ्यकर्मी रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा १ चिकित्सकसहित २८ जना र सुर्खेत प्रयोगशालामा २३ जनामा कोरोना पुष्टि भएको छ ।

सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि हुनेहरुमा सुर्खेतका १२ जना, सल्यानका ३ जना, मगुका १ जना, जाजरकोटका २ जना र दैलेखका ५ जना रहेका छन् ।

सुदुरपश्चिम प्रदेशको प्रदेश प्रयोगालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ । जसमा कैलाली ७ जना, कन्चनपुर १ जना, डोटी २५  जना र बैतडीका २ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ