२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ४ सय ६३ नयाँ संक्रमित

थपिए ४ सय ६३ नयाँ संक्रमित


काठमाडौँ –  पछिल्लो २४ घण्टामा देशभर ४ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार थपिएका नयाँ संक्रमित मध्ये १ सय ५ महिला छन् भने ३ सय ५८  जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा अहिलेसम्म १२ हजार ७ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । यता, कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २८ पुगेको छ ।

कुन ल्यावबाट कुन जिल्लाका कति केस देखिए ?

कोशी अस्पताल ल्याव – मोरङका १७, झापाका २, उदयपुरका ६ र इलामका १ जना

प्रदेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनर – सुनसरी का १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर – धनुषा १० जना, महोत्तरीका ५६ जना,

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ – डडेलधुरा १, अर्घाखाँची ६, दार्चुला १, दोलखा २, गोरखा १, गुल्मी १७, खोटाङ्ग ४, रौतहट १७, सर्लाही १, सिन्धुपाल्चोक १

किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडा – गुल्मी २०, कपिलबस्तु २

पाटन अस्पताल ललितपुर ल्याव – धादिङ्ग १, ललितपुर १

त्रिवी शिक्षण अस्पताल ल्याव काठमाडौँ – बाजुरा ६३,

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याव कास्की ५, नवलपरासी पुर्व ३१,

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा – बाग्लुङ्ग २९, पर्वत २, सल्यान १, तनहुँ ६, लम्जुङ्ग १ र म्याग्दीका २

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही – कपिलवस्तु १, पाल्पा २, प्युठान ३५, गुल्मी १, रुपन्देही १२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गको प्रयोगशाला –  दाङ ३४, कपिलवस्तु ५, रोल्पा १

कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशाला – बाजुराका ३२, रुकुम पश्चिम १ र सल्यान १

सेती प्रादेशिक अस्पताल धनगढी – कैलाली १७ र डोटि १३


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ