२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइन्द्र अन्नपूर्ण योग केन्द्रद्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

इन्द्र अन्नपूर्ण योग केन्द्रद्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न


काठमाडौँ – इन्द्र अन्नपूर्ण योग केन्द्रद्वारा आयोजनामा लाइन्स इन्टरनेसनल क्लबको संग्लनतामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी हस्पिटलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको कार्यक्रमको उद्घाटन लायन्स केशव पाण्डेले गरेका हुन् ।

कोभिड-१९ को महामारीको जटिल अबस्थामा यस केन्द्रले रक्तदान जीवन दान भन्ने मूलमन्त्रलाई आत्मसाथ् गरी लायन्स  पाण्डेले रक्तदान गर्ने महानुभावहरुलाई सामाग्री उपलब्ध गराउनुको साथै  मुख स्वास्थको महत्वको तथा रक्तदान गर्दाका फाइदाको बारेमा जानाकारी दिए ।

उक्त कार्यक्रममा पूर्व जिल्ला गभर्नरहरु, लायन्स शम्भु घिमिरे, लायन्स रुद्र हरि ज्ञवाली , लायन्स विष्णु बज्राचार्य कलाकार संजय खतिवडा र अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी ज्यूको सम-उपस्थितिमा भएको कार्यक्रमको सभापतित्व उक्त योग केन्द्रका अध्यक्ष डा. सुवास कुमार घिमिरेले गरेका थिए ।

यसै कार्यक्रममा डा. सुभास घिमिरेको अधक्ष्यतामा नयाँ लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग केन्द्र घोषणा गरिएको थियो भने उक्त कमिटीमा दिपक महर्जन ,कृष्ण घिमिरे ,बिश्वभर मैनाली ,साधुराम पौडेल ,इन्द्र बहादुर न्यौपाने लगाएत २६ जना महानुभावहरुको संग्लनता रहेको देखिएको थियो ।

कार्यक्रममा ओम समाज डेन्टल, मेडी-पोइन्टको प्राविधिक सहयोगमा १५० जनाको नि:शुल्क सुगर तथा प्रेसरको चेक जाँच गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ