२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा लकडाउनभर नै सबै अस्पतालमा नियमित सेवा निरन्तर चलेको एनएचआरसीको दावी

नेपालमा लकडाउनभर नै सबै अस्पतालमा नियमित सेवा निरन्तर चलेको एनएचआरसीको दावी


काठमाडौँ -नेपालमा  कोभिड-१९ संक्रमणका लागि अस्पतालद्धारा सञ्चालित क्लिनिकहरु कत्तिको तयारी अवस्थामा रहेका छन् ? भन्ने विषयमा गरिएको एनएचआरसीको अध्ययन सम्पन्न भएको छ । बढ्दै गएको कोरोना संक्रमितको संख्या धान्नका निम्ति नेपाल सरकारले तोकिएका अस्पतालद्धारा सञ्चालित कोभिड–क्लिनिकको तत्परता र तयारी सम्बन्धमा एनएचारसीद्धारा गरिएको सो अध्ययन सम्पन्न भएको हो ।

तथ्यांक अनुसार तोकिएको ९५ कोभिड–क्लिनिकमध्ये ९३ क्लिनिकहरु पूर्व तयारीका साथ निरन्तर सञ्चालन रहेका थिए । यस्तै, लकडाउनको अवधिमा पनि कोभिड-१९ बाहेकका अन्य बिरामीका लागि सबै अस्पतालहरुमा नियमित रुपमा सेवाहरु सञ्चालन रहेको अध्ययनको दाबी रहेको छ ।

१० कोभिड–क्लिनिकमध्ये ७ वटा(७१प्रतिशत) कोभिड–क्लिनिकमा कोरोना सम्बन्धि आरडिटि-पिसिआर परीक्षण भएता पनि कुनै पनि क्लिनिकमा रगत तथा विशेष रगत परीक्षण, कल्चर तथा ट्रोपिकल डिजिज प्रोफाइल टेस्टजस्ता प्रयोगशाला सेवा उपलब्ध नरहेको एनएचआरसीले जनाएको छ ।

यद्दपि, सबै क्लिनिककले यस्ता सेवाका लागि सम्बन्धित अस्पतालसँग सहकार्य गरेको पाइएको छ ।

गत वैशाख १४ देखि जेठ १४ सम्म जारी रहेको सो अध्ययन तोकिएका व्यक्तिसँग प्रत्यक्ष तथा टेलिफोन गरी क्रस सेक्सनलको रुपमा गरिएको थियो ।

यससँगै नेपालमा देखिएको कोरोना संक्रमितमध्ये २ प्रतिशत बाहेक ९८ प्रतिशत बिरामी लक्षणविहिन देखिएको भन्दै यसका निमित्त पनि समूहगत अध्ययन प्रकृया अगाडि बढिरहेको एनएचआरसीका डा. मेघनाथ धिमालले जनाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ