२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुरको स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि

ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि


ललितपुर—सानेपास्थित स्टार हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डा खगेश्वर गेलालकाअनुसार स्टार अस्पतालमा मृत्यु भएका रौतहटका २९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएर भेन्टिलेटरमा उपचाररत ती युवाको शनिबार राति मृत्यु भएपछि उनको श्वाब संकलन गरेर पाटन अस्पतालको प्रयोगशाला पठाइएको थियो ।

‘श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका उहाँको मृत्युपछि स्वाब संकलन गरी पाटन अस्पतालको प्रयोगशालामा पठाइएको थियो,’ डा. गेलालले हेल्थआवाजसँग भने, ‘उहाँको कोरोना रिपोर्ट सोमबार विहान आएको हो, जसमा कोरोना पुष्टि भएको छ ।’

मृतक युवामा कोरोना पुष्टि भएसँगै उनको शव व्यवस्थापनको तयारी कार्य कार्यविधीअनुसार नै अगाडि बढाइएको छ ।

यससँगै नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ