२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिसिआर मेशिन विग्रियो भनेर चुप लाग्ने हाेइन चाँडाे विकल्प खोज्नुस : मुख्यमन्त्री शाही

पिसिआर मेशिन विग्रियो भनेर चुप लाग्ने हाेइन चाँडाे विकल्प खोज्नुस : मुख्यमन्त्री शाही


सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड १९(कोरोना)को लडाई नसकिएको भन्दै सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन ।

सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा वसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकलाई सम्वोधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साहपुर्वक उत्रनुपर्ने उनको भनाई छ ।

मुख्यमन्त्री शाहीले परिक्षणमा निकै ढीलासुस्ती भएकाले परिक्षण कार्यलाई तिव्र वनाउनुपर्नेमा समेत जोड दिए । परिक्षणको लागि नमुना संकलन गरेको लामोसमय सम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश वढेको भन्दैै मुख्यमन्त्री शाहीले कारण देखाएर पन्छिन नमिल्ने वताए ।

प्रदेश अस्पत्तालमा रहेको पिसिआर मेशिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले मेशिन विग्रियो भनेर वस्ने नभई विकल्पको खोजी गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

भारतवाट आउनेहरुको संख्या घटदै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने वताउदै क्वारेन्टाईनलाई अव जिल्ला स्तरमा केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ । उनले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने समेत जनाएका छन् ।

भारत लगाएत तेस्रो मुलुकवाट प्रदेश भित्रिनेको चाप घटदोक्रममा रहेको भन्दै अव समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने उनको जोड छ । कोरोनाको अति प्रभाव देखिएका जिल्ला सुर्खेत, दैलेख र सल्यानमा रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिनु पर्ने उनको भनाइ छ । उनले भने, ती जिल्लमा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्छ । तसर्थ लकडाउनलाई अझै पनि प्रभावकारी वनाउनुपर्ने देखिन्छ ।

जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो वनाउदै लगिने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ