२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन, पाल्पा, अर्घखाँची र कैलालीका २९ जनामा कोरोना पुष्टी

चितवन, पाल्पा, अर्घखाँची र कैलालीका २९ जनामा कोरोना पुष्टी


चितवन –चितवनका ४ जना सहित पाँच जिल्लाका २९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा रहेको कोभिड–१९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा चितवन सहित अन्य विभिन्न जिल्लाका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार आइतबार गरिएका परीक्षणमा ५सय ३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो । त्यस्तै, परीक्षणमा ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको सुचना अधिकारी पौडेलले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ बस्ने वर्ष २१ र २३ का दुई जना पुरुष, खैरहनी नगरापालिका वडा नम्बर २ र ३ बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, कैलाली गोदावरी नगरपालिका वस्ने वर्ष ३५ का पुरुष १ जना, अर्घाखाँचीका ११ जना पुरुष र पाल्पा जिल्लाका वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड–१९ पुष्टी भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ