२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ८ सहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ८ सहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ७ सहित थप ४७६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा दिइएको जानकारीअनुसार थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ जना, ललितपुर र भक्तपुरका १/१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

कहाँ कति ?

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनर – मोरङका १ जना

गजेन्द्र नारायणसिंह अस्पताल राजविराज— सप्तरीका १५ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर– धनुषाका ६ जना, महोत्तरीका ४ जना

नारायणी अस्पताल प्रयोगशाला– पर्साका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं – बाग्लुङका १४ जना, अर्घाखाँचीका २७ जना, भक्तपुरका १, धनकुटाका १ जना, गोरखा ५ जना, गु्ल्मी २० जना, खोटाङका १ जना, पाल्पाका १३ जना, पर्वतका १३ जना, प्युठानका ५ जना, रौतहटाका १६ जना, रोल्पाका १ जना, रुपन्देहीका ३ जना, स्याङजाका ८ जना, तनहुँका ९ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु— काठमाडौंका ४ जना, धादिङका ६ जना

भरतपुर अस्पताल प्रयोगशाला– अर्घाखाँचीका ११ जना, चितवनका ४ जना, पाल्पाका १३ जना, कैलालीका १ जना

किटजन्य रोत तथा तालिम केन्द्र प्रयोगशाला हेटौडा— बाराका ३ जना, मकवानपुरका १ जना र रौतहटका १ जना

धुलिखेल अस्पताल धुलिखेल— काभ्रेका १ जना

पाटन अस्पताल ललितपुर — काठमाडौं १ जना, रौतहट १ जना, ललितपुरका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला काठमाडौं– काठमाडौंका १ जना, बाजुराका ६६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा— कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना, प्युठानका ४ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्ज— डोल्पाका २ जना, कालिकोटका २ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ— दाङका ५८ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्ला— बाजुराका ३२ जना र रुकुमपश्चिमका १ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढी– कैलालीका २९ जना, डोटीका ६९ जना


*यसअघि काठमाडौं उपत्यकामा ८ जना हुनुपर्नेमा ७ जना हुन गएकोमा सच्चाइएको छ। (सम्पादक)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ