२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुग्यो


काठमाडौँ – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । मंगलबार विहान प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित मध्ये तनहुँका ५ जना, स्याङ्जाका १ जना, लमजुंगका ३ जना, कास्कीका ८ जना रहेका छन् । यस्तै, हालसम्म सो प्रदेशमा १ सय १४ जना संक्रमणमुक्त भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जनाएका छन् । उनका अनुसार थपिएका संक्रमितहरुलाई आइसोलेसनमा लाने तयारी भैरहेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ