२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १४ सहित ३ सय १६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १४ सहित ३ सय १६ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं थप ३१६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा दिइएको जानकारीअनुसार थप जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमामात्रै १२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा १२ जना, भक्तपुरमा १ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै, प्रदेश १ मा १२, प्रदेश २ मा ८२, बाग्मती प्रदेशमा मा ४४, गण्डकी प्रदेशमा २५ र प्रदेश ५ मा ४७ जना संक्रमित थपिएका छन् । त्यसैगरी, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा २१ नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आजै ६० जना संक्रमित संक्रमण मुक्त भएर घर फर्कीएका छन् । घर फर्कीनेमा जुम्लाका १, बाँकेका १, सर्लाही १५, सप्तरी १५, पर्सा २, महोत्तरी, ४, झापाका ६, मोरङ्गका १४, पाचथरका १, सुनसरीका जना रहेका छन् ।

हालसम्म प्रदेश १ मा ६ सय २ जना, प्रदेश २ मा ३ हजार ८ सय ७६ जना, बाग्मती प्रदेशमा ४ सय ४४ जना संक्रमित भएका छन् । त्यसैगरी, गण्डकी प्रदेशमा १ हजार ४२, प्रदेश ५ मा ३ हजार ८ सय ७४, कर्णाली प्रदेशमा १ हजार ४ सय ७९ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १८ जनामा संक्रमण देखिएको  छ ।
यस्तै, हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन्।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ