२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ विरुद्ध स्टार अस्पतालको नमूना तयारी

कोभिड–१९ विरुद्ध स्टार अस्पतालको नमूना तयारी


काठमाडौँ – विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध सानेपास्थित स्टार अस्पतालको पुर्वतयारी नमूना योग्य देखिएको छ। शनिबार रौतहटका एक २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएपनि अस्पतालको सम्पूर्ण सेवाहरु निर्वाध रुपमा संचालनमा रहेका थिए।

कोभिड-१९ संक्रमितको मृत्यु वा संक्रमण हुने लगत्तै धेरै अस्पतालका सेवाहरु अवरुद्ध बनेका थिए तर स्टार अस्पतालले कोभिड-१९ विरुद्ध व्यवस्थित पुर्वतयारी गरेका कारण अस्पतालको सेवाहरुमा संक्रमितको मृत्यु हुँदा पनि कुनै व्यवधान आएन।

अस्पतालले महामारी फैलिए देखि नै अस्पताल आउने बिरामी, बिरामीका आफन्त, चिकित्सक तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर, अस्पतालको मूल गेटमा नै फिभर क्लिनिक संचालनमा ल्याएको थियो साथै ईमर्जेन्सी तथ भर्ना हुने बिरामीहरुका लागि छुटै कोभिड वार्ड तथा आई.सि.युको व्यवस्था गरेको छ ।

अस्पतालले नेपाली बजारमा व्यक्तिगत सुरक्षा सामाग्री अभाव हुँदा समेत आफै पिपिइ  बनाएर अस्पतालमा खटिने कर्मचारीहरुलाई उपलब्ध गराएको थियो भने हाल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका पिपिइ सामाग्रीका साथ अस्पतालले बिरामीलाई उपचार प्रदान गर्दै आइरहेको छ ।

अस्पतालले भर्ना हुने तथा कोभिड शंकास्पद बिरामीको लागि आइसोलेसन वार्ड तथा आसिइयु को सुविधा, छुट्टै जनशक्ति परिचालन तथा संक्रमित बिरामी रहेको ठाउँहरु त्था प्रयोग भएका सामाग्रीहरु तत्कालै निर्मुलीकरण गरिएको कारण अस्पताल नियमित रुपमा संचालनमा रहेको हो ।

संक्रमितका आफन्त तथा बिरामीका सम्पर्कमा आएका चिकित्सक र कर्मचारीहरुलाई अस्पतालले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । देशमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा निजी स्तरको अस्पतालले कोभिड–१९ मेनेजमेन्ट टिम नै गठन गरी यस किसिमको सेवा प्रदान गर्ने कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्नु पर्दछ साथै अन्य सरकारी तथा निजी स्तरमा संचालित स्वास्थ्य प्रदायक संस्थाहरुलाई पनि स्टार हस्पिटलले उदाहरण प्रस्तुत गरेको छ ।

साथै अस्पतालले कोरोना जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाबाट असार १४ गते अनुमति पाएको छ । अस्पतालमा दैनिक एक हजार नमुना परीक्षण गर्न सक्ने क्षमताको पिसिआर मेसिन तथा जनशक्ति रहेको अस्पतालले जनाएको छ । अस्पतालले नेपाल सरकारबाट संकलित नमूनाहरु परीक्षण गर्नेछ । रोटरी ईन्टरनेशनल–३२९२सँगको सहकार्यमा स्थापित कोभिड ल्याब बायोेसेफ्टी लेभल २ को रहेको छ । कोभिड परीक्षण अनुमति प्राप्त गर्ने यस अस्पताल निजी क्षेत्रबाट संचालित पहिलो अस्पताल बनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ