२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन

स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्र्तगत रहेका स्वास्थ्य प्रतिष्ठानहरुको छाता एन बनाउन एन दमस्यौदा समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णय गरी मन्त्रालयका प्रमुख विशेषज्ञ(१२ औ तह) महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा ६ सदस्य एकिकृत छाता एन मस्यौता तजर्वुमा समिति बनाएको हो ।

समितिको सदस्यहरुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्राडा भरत यादव, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी, कानुन तथा न्याय मन्त्रालयका प्रतिनिधी र राष्ट्रिय योजना आयोगका प्रतिनिधी रहका छन् । त्यसैगरी सदस्यसचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव लाइ जिम्मेवारी तोकिएको छ । गत १२ असारमा मन्त्री स्तरीय निर्णय गरी बनाइएको सो समस्यौदा समितिको कार्यअवधी असार मसान्त सम्म तोकिएको छ ।

सरकारले आगामी वर्षको निती तथा कार्यक्रममा स्वास्थ्यका सबै प्रतिष्ठानलाइ एउटै ऐनमा समाहित गरी छाता एन ल्याएर चलाउने उल्लेख गरेको थियो । सोही प्रवधान अनुसार मस्यौदा समिति गठन भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ