२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्र पुनर्संरचना मस्यौदा तर्जुमा समितिको जिम्मा डा. पोखरेललाई

स्वास्थ्य क्षेत्र पुनर्संरचना मस्यौदा तर्जुमा समितिको जिम्मा डा. पोखरेललाई


काठमाडौं—सरकारले स्वास्थ्य क्षेत्रको पुनर्संरचना मस्यौदा तर्जुमाको जिम्मा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई दिएको छ । ०७७ असार १२ को निर्णयअनुसार पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो । पोखरेल संयोजक रहेको समितिमा अन्य सात सदस्य रहेका छन् ।

समितिका सदस्यहरुमा डा. गुणराज लोहनी, डा. जागेश्वर गौतम, डा. सुरेश तिवारी, प्रा. प्रमिला देवान, डा. देवेन्द्र ज्ञवाली, डा. चुडामणि भण्डारी रहेका छन् । यस्तै, सदस्य सचिवमा डा. गुणनिधी शर्मालाई तोकिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको पुनर्संरचना गर्ने नीति लिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थाको स्थापना र स्तरोन्नतीका लागि विशेष प्राथमिक दिइएको उल्लेख गरेकी थिइन् ।

कोभिड—१९ महामारीका कारण यसपटकको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषयले प्राथमिकता पाइएको थियो । नीति तथा कार्यक्रममा स्वास्थ्यका पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर वृद्धि गर्नेलगायतका विषय उल्लेख छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ