२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रकाशकीय

प्रकाशकीय


सूर्यबहादुर कार्की
प्रकाशक, हेल्थ आवाज

विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । १ करोड बढी मानिसमा यसको संक्रमण देखिएको छ । ५ लाख बढी मानिसको मृत्यु भएको छ । नेपाल पनि यसबाट अछुतो छैन । पछिल्लो तथ्यांकअनुसार १३ हजार बढी संक्रमित छन् भने २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएका छन् । मृतक र संक्रमितको अवस्था हेर्ने हो भने काम गर्ने उमेर समूहका बढी प्रभावित देखिन्छन् । सरकारले कोरोना संक्रमण समुदायस्तरमा फैलिनसकेको दावी गरिरहेको छ । यदि समुदायमा फैलिएको अवस्थामा भयावह देखिन्छ ।

महामारीको समयमा संचारमाध्यमहरुको भूमिका अहंम हुन्छ । जनचेतना जगाउने, सरकारले गरेका राम्रा कामलाई प्रोत्साहन गरी जनतासम्म पु¥याउनेदेखि लिएर भएका गल्ती सञ्चाउन गरिने आलोचनात्मक टिप्पणीले महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्छ । महामारीको समयमा सहि सूचना प्रमुख कुरा हो । अझ स्वास्थ्यलाई प्राथमिकतामा राखेर संचालन भएको संचारमाध्यमले पस्किएका समाचारमा सत्यता झनै खारिएर आउनुपर्छ । हेल्थ आवाज त्यही बाटोमा अगाडि बढ्ने प्रयत्नमा छ ।

आज हामीले हेल्थ आवाज सुरु गरेको एक वर्ष पुगेको छ । अनलाइन सुरु भएको यो एक वर्षको छोटो अवधिमा हेल्थ आवाजले पस्किएका सामाग्रीहरु माया गरी मन पराइदिनु हुने र आलोचनात्मक टिप्पणी गर्नु हुने सम्पूर्ण पाठकवर्गहरुमा म आभार प्रकट गर्दछु । हामीलाई विज्ञापन दिएर प्रत्यक्ष सहयोग गर्नुहु्ने विज्ञापनदाता, अनलाइनमा लेख रचना उपलब्ध गराएर जोडिनुभएका सबै क्षेत्रका व्यक्ति र दिनरात नभनी खटेर अनलाइनलाई यहाँसम्म ल्याइ पु¥याउने सम्पादकीय टिम, मार्केटिङ टिम, आईटी टिम र प्रसासन टिमलाई पनि धन्यवाद दिन चाहन्छु । आगामी दिनमा थप प्रविधीमैत्री बनाएर सहि सूचनाका साथ पाठकको रोजाइका विषयबस्तु पस्कन हेल्थआवाज टिम लाग्नेछ भन्नेमा सबैलाई विश्वस्त पार्न चाहन्छु ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ