२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा ३१ सहित थप ४ सय ७३ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ३१ सहित थप ४ सय ७३ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँका ३१ जना सहित देशभर ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ सय ९ महिला र ३ सय ६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा देखिएका नयाँ संक्रमित मध्ये १७ महिला र १४ पुरुष रहेका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। ती मध्ये अहिलेसम्म ५ हजार ३ सय २० जना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाकारी दिए ।

कुन ल्यावमा कुन जिल्लाका कति संक्रमित ?

पुर्वाञ्चल जनस्वास्थ्य ल्याव – मोरङ ६, सुन्सरी ३

कोशी अस्पताल ल्याव – झापा १

रमराज प्रसाद सिंह अस्पताल राजविराज – सप्तरीका १० जना

प्रादेशिक जनस्वास्थ्य ल्याव जनकपुर – धनुषा ३० र महोत्तरी १३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ – आछाम ३१, बझाङ्ग ३५, डोटी ५८, कैलाली १६५, कञ्चनपुर ३१ र खोटाङ्ग १ जना

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला – ललितपुर १, नुवाकोट १, रसुवा १, सिन्धुपाल्चोक ३ जना

भरतपुर अस्पताल ल्याव – चितवन २

त्रिवि शिक्षण अस्पताल – पाल्पा १, रामेछाप १, रुपन्देही १, सिन्धुली १, उदयपुर १, वर्दीया १, भरतपुर २, दाङ्ग २, धादिङ्ग १, नवलपरासी १, अर्घाखाँची २, सुनसरी १,दोलखा २, काठमाडौँ २८, गोर्खा १, काभ्रे १, ललितपुर १, मकवानपुर १, सिन्धुपाल्चोक १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरा – बाग्लुङ्ग १, पर्वत १, तनहुँ २, स्याङ्जा २ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल ल्याव – कास्की १, लम्जुङ्ग १६

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान – दाङ्गका २ जना

दैलेख अस्पताल प्रयोगशाला – दैलेख ३ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – कालीकोट १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ