२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि

नेपालमा एकैदिन थप ७४० जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ७४० जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा ८ सय २३ जना रहेका छन् । अहिलेसम्म नेपालमा ६ हजार १ सय ४३ जना कोरोना जितेर घर फर्किएका छन् ।

कहाँ कतिमा देखियो कोरोना ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा—१६६ जना पोजेटिभ
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा—१९ जनामा पोजेटिभ
कोशी अस्पताल प्रयोगशाला विराटनगर—१७ जनामा पोजेटिभ
प्रादेशिक प्रयोगशाला विराटनगर—२ जना पोजेटिभ
गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला—३२ जना पोजेटिभ
प्रादेशिक प्रयोगशाला जनकपुर प्रयोगशाला—२२ जना पोजेटिभ
नारायणी अस्पताल प्रयोगशाला—१ जना पोजेटिभ
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—० पोजेटिभ
भरतपुर अस्पताल प्रयोगशाला—२१ जना पोजेटिभ
हेटौडा प्रयोगशाला—२९ जना पोजेटिभ
धुलिखेल अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ
वीर अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ
शिक्षण अस्पताल प्रयोगशाला—० जनामा पोजेटिभ
पाटन अस्पताल प्रयोगशाला —विवरण प्राप्त नभएको
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—२ जनामा पोजेटिभ
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—१३ जनामा पोजेटिभ
प्रादेशिक प्रयोगशाला रुपन्देही —१ जनामा पोजेटिभ
भेरी अस्पताल प्रयोगशालामा—२८ जनामा पोजेटिभ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ—८ जनामा पोजेटिभ
प्रादेशिक प्रयोगशाला सुर्खेत—परीक्षण नभएको
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—१ जनामा पोजेटिभ
दैलेख प्रयोगशाला—१० जनामा पोजेटिभ
सेती प्रादेशिक अस्पताल प्रयोगशाला—६५ जनामा पोजेटिभ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ