२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौंका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं—काठमाडौंको नयाँबानेश्वर बस्ने ८५ वर्षीय एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ती वृद्धको १७ असारमा काठमाडौंको निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती वृद्ध उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

‘छाती दुखेको र पिसाब कम भएका कारण अस्पताल पुग्नुभएको, अस्पतालको आइसोलेसनमा राति उपचार भएको र १७ असार राति ११ बजे उनको मृत्यु भएको छ,’ प्रवक्ता गौतमले भने, ‘उहाँमा कोरोना पोजेटिभ देखिएको छ ।’

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ