२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २३२ जनामा देखियो कोरोना संक्रमण, कुन जिल्लामा कति ?

नेपालमा थप २३२ जनामा देखियो कोरोना संक्रमण, कुन जिल्लामा कति ?


काठमाडौं—नेपालमा थप २३२ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

नेपालका २३ वटा प्रयोगशाला ४ हजार ५० जनाको पिसिआर परीक्षण गर्दा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ जना पुगेको छ ।


कहाँ कतिमा देखियो कोरोना ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—११४ जना : अछामका ३७ जना, डडेल्धुराका ३ जना, डोटीका ३ जना, गुल्मीका ९ जना, कन्चनपुरका ६ जना, नवलपरासीका ४ जना, पाल्पाका १६ जना, प्यूठानका ६ जना, रुपन्देहीका ४ जना, सर्लाहीका १६ जना र सिन्धुपाल्चोकका १२ जना

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान—७ जना : मोरङका १ जना, सिरहाका ६ जना

कोशी अस्पताल प्रयोगशाला— ७ जना : इलामका १ जना, झापाका १ जना र मोरङका ५ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— ४ जना : झापाका ४ जना

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला— ५१ जना : सप्तरीका ३६ जना र सिरहाका १५ जना

प्रादेशिक प्रयोगशाला जनकपुरमा— १५ जनाः धनुषाका १५ जना

भरतपुर अस्पताल प्रयोगशाला— १३ जनाः चितवनका ६ जना, नवलपरासीपूर्वका ७ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा— ८ जनाः बाग्लुङ र म्याग्दी ३/३ जना, स्याङजाका र तनहुँका १÷१ जना

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा—५ जनाः पाल्पाका ३ जना र प्यूठानका २ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज— ७ जना : बाँकेका ५ जना, रोल्पाका २ जना

दैलेख प्रयोगशाला— १ जना

*यसअघि संक्रमितको संख्या १३१ जना हुन गएकामा सच्चाइएको छ । (सम्पादक)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ