२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना संक्रमणबाट मृत्यु भएकाबाट अरुमा भाइरस सर्दैन’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना संक्रमणबाट मृत्यु भएकाबाट अरुमा भाइरस सर्दैन’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसबाट अन्य मानिसमा कोरोना भाइरस नसर्ने जनाएको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि कुनै क्रियाकलाप नहुने भएको हुँदा अन्य व्यक्तिमा कोरोना नसर्ने बताएका हुन् ।

उनले कोभिड—१९ संक्रमित व्यक्तिको मृत्यु भएपछि जमिनमा खाल्टो खनी, जलाई वा अन्य तरिकाले आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने बताए । ‘यो रोग खोक्दा, हाँछ्यु गर्दा, बोल्दा निस्कने छिटा (ड्रपलेट) बाट सर्ने गर्दछ,’ उनले भने, ‘मृत्यु भएको मान्छेबाट खोक्ने, हाँछ्यु गर्नेलगायत श्वासप्रस्वास सम्बन्धि कुनै क्रियाकलाप हुँदैन । जसको कारण शवबाट संक्रमण गराउने स—साना थुक वा पानीका छिटा (ड्रपलेट) निस्कदैन् ।

डा. गौतमले त्यसकारण शवबाट संक्रमण नहुने बताए । उनले सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने जानकारी दिए । यसअघि मन्त्रालयले कोभिड—१९ बाट संक्रमित व्यक्तिको मृत्यु भएमा त्यसलाई उच्च सावधानी अपनाएर तालिमप्राप्त व्यक्तिहरुबाट मात्र शव व्यवस्थापन गर्ने निर्देशिका जारी गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ