२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन काठमाडौंका १० अस्पतालमा २१ जनामा काेराेना पुष्टि, कुन अस्पतालमा कति?

एकैदिन काठमाडौंका १० अस्पतालमा २१ जनामा काेराेना पुष्टि, कुन अस्पतालमा कति?


काठमाडौं—काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा थपिएका ३० जना संक्रमितमध्ये ४ जना नेपाली सेना, ४ सशस्त्र प्रहरी र अन्य विभिन्न १० अस्पतालका बिरामी रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयकाअनुसार नारायणहिटी ब्यारेक गोरखबहादुर गणका ४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, काठमाडौंमै एपीएफका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

कुन अस्पतालबाट कति ?

यस्तै, आइतबार काठमाडौंमा कोभिड—१९ पोजेटिभ देखिएका अन्य संक्रमितहरुमध्ये कोभिड—१९ युनिफाइड हस्पिटल बलम्बुमा १ जना पुरुष, श्री वीरेन्द्र अस्पताल छाउनीमा १ जना पुरुष र ह्याम्स अस्पतालमा ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको छ ।

यस्तै, त्रिवि शिक्षण अस्पतालबाट ५ जना महिला र १ जना पुरुष, इशान बाल अस्पताल १ जना महिला, नेपाल मेडिकल कलेज अत्तरखेल २ जना महिला, न्यूरो अस्पताल बाँसबारीमा २ जना पुरुष, नेपाल पुलिस हस्पिटलमा २ जना महिला, दीघार्यु गुरु अस्पतालमा चाबहिलमा १ जना महिला, चिरायु अस्पतालका १ जना महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै, अर्का एक कोरोना संक्रमित बुढानिलकण्ठका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ