२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमास्क नलगाई बाहिर हिडनेलाई एक पटकमा १ सय रुपैयाँ जरिवाना

मास्क नलगाई बाहिर हिडनेलाई एक पटकमा १ सय रुपैयाँ जरिवाना


काठमाडौं—मास्क नलगाएर घर बाहिर हिडेको पाइएमा अब एक पटकमा १ सय रुपैयाँ जरिवाना तिनुपर्नेछ । गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई पत्राचार गर्दै मास्क नलगाएर घरबाहिर निस्कनेलाई कारवाही गर्न निर्देशन दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले संक्रामक रोग ऐन—२०२० अनुसार महामारीको समयमा पालना गर्नुपर्ने नियम उल्लंघन गर्नेलाई कारवाही गर्नका लागि निर्देशन दिइएको बताए । ‘महामारीको यस्तो बेला छ, मानिसहरुले हेलचेक्रयाँइ गरेको पाइयो,’ उनले हेल्थआवाजसँग भने, ‘कानुन कडाइका साथ लागु गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ ।’

प्रवक्ता शर्माकाअनुसार पहिलेदेखि नै सरकारले भन्दैं आएको भएपनि त्यसको कार्यन्वयनमा कडाइ नदेखिएपछि पुनः कडाइ गर्न निर्देशन दिएको हो ।

बारा जिल्ला प्रशासनले शनिबारबाटै उक्त निर्देशन कार्यन्वयनमा ल्याइसकेको छ । बारा प्रशासनले शनिबार मात्रैं १ सय २८ जना र आइतबार १८९ जना मास्क नलगाइ बाहिर हिडडुल गर्नेलाई जनही १ सयका दरले जरिवाना गरेर छोडेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ