२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ५४ जनासहित नेपालमा थप १८० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ५४ जनासहित नेपालमा थप १८० जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ५४ जनासहित नेपालमा थप १८० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये काठमाडाैंका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरमा भने १० जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना निको भएर २६४ जना डिस्चार्ज छन् । अहिलेसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ जना पुगेको छ ।

२४ घण्टामा २५ प्रयोगशाला ४ हजार ७ सय २१ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा १५ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कहाँ कतिमा देखियो कोरोना संक्रमण ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—झापाका १ जना, सिरहाका १ जना र सुनसरीका १ जना

कोशी अस्पताल प्रयोगशाला विराटनगर —झापाका २ जना, सिराहाका १ जना र खोटाङका १ जना

प्रादेशिक प्रयोगशाला विराटनगरमा— झापाका १ जना

गजेन्द्रनारायाण सिंह अस्पताल प्रयोगशाला राजविराज— सप्तरीका ६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—नुवाकोटका १ जना, सर्लाहीका ६ जना

भरतपुर अस्पताल प्रयोगशाला चितवन—चितवनका १ जना

हेटौडा प्रयोगशालामा— नवलपरासीका १ जना, रौतहटका ३ जना

धुलिखेल अस्पताल प्रयोगशाला— काभ्रेका ३ जना, नवलपासीका १ जना, ओखलढुंगाका ३ जना र सिन्धुपाल्चोकका १ जना

पाटन अस्पताल प्रयोगशाला ललितपुर—काठमाडौंका २३ जना, ललितपुर २० जना, भक्तपुरका १० जना, बाराका १ जना, चिवतनका ३ जना, दाङका २ जना, धादिङका १ जना, दोलखाका २ जना, गोरखाका २ जना, झापाका १ जना, कास्कीका १ जना, काभ्रेका १ जना, खोटाङका २ जना, मकवानपुरका ५ जना, नवलपरासी पूर्वका १ जना, रौतहटका ३ जना, संखुवासभाका १ जना, सप्तरीका २ जना, सिन्धुलीका २ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना, सुनसरीका १ जना, ताप्लेजुङका १ जना र अर्घाखाँचीका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा— काठमाडौंका १ जना, उदयपुरका १ जना

प्रादेशिक क्षयरोग जनस्वास्थ्य प्रयोगशाला—बाग्लुङका ६ जना, कास्कीका ७ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—लमजुङका ११ जना, गोरखाका ५ जना, नवलपरासीका ३ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही—पाल्पाका ४ जना, प्युठानका ४ जना

चौजहारी प्रयोगशाला रुकुम—जाजरकोटका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्ला—डडेल्धुराका ५ जना, जुम्लाका १ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला—कैलालीका ८ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ