२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभुसको आगोझै फैलियो कोरोना संक्रमण, परीक्षण दर घट्यो

भुसको आगोझै फैलियो कोरोना संक्रमण, परीक्षण दर घट्यो


काठमाडौं—नेपालमा कोरोना संक्रमण भुसको आगोझै सल्किएको छ । पछिल्लो १५ दिनको अवस्था हेर्दा फराकिलो अन्तरमा संक्रमण बढेको देखिन्छ ।

तर, संक्रमित पत्ता लगाउने आरटी—पिसिआर परीक्षणको दायरा अनपेक्षित रुपमा घट्दै गएको छ । ७ हजार ७ सयको हाराहारीमा पुगेको परीक्षण दैनिक १० हजारको नमुना परिक्षण गर्ने भनेकै दिनबाट घटेर ५ हजारभन्दा कममा झरेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक हप्तादेखि ४ हजारको वरिपरी परीक्षण भएको छ । विगत चैत १५ देखि ३० सम्म ४३५२ नयाँ नमुना परीक्षण भएको थियो । त्यस अवधिमा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी, बैशाख १५ देखि ३१ सम्म ११ हजार ४ सय ७८ नयाँ नमुना परीक्षण भएको छ । त्यसमध्ये २०७ कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयकाअनुसार जेठ १५ देखि ३२ सम्म ७५ हजार ९८ नयाँ नमुना परीक्षण भएको छ । जसमध्ये ५ हजार ७ सय ६० कोरोना संक्रमित पुष्टि भएको छ । माघ ९ देखि हालसम्म कुल पिसिआर परीक्षण संख्या २ लाख ५१ हजार ७ भएको छ । असार १ देखि २२ सम्मको अवधिमा भने १ लाख १५ हजार ७९६ नयाँ नमुना परीक्षण भएको छ । जसमध्ये १० हजार २०४ नयाँ संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ