२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका कोभिड-१९ अस्पताल भरिए, ११ जना आईसीयुमा

काठमाडौंका कोभिड-१९ अस्पताल भरिए, ११ जना आईसीयुमा


काठमाडौं—कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यकाका कोभिड—१९ अस्पताल भरिएका छन् । बेड अभावले गर्दा टेकु र पाटन अस्पतालका आईसीयुमा समेत संक्रमित राखिएको छ ।

आईसीयुमा राख्नुपर्ने गम्भीर बिरामी हैनन् तर, आइसोलेसनको संख्या भरिएकाले व्यवस्थापनलाई सहज पार्न आईसीयुमा भर्ना गरिएको चिकित्सकहरुले बताएका छन् । टेकु अस्पतालमा ७ जना आईसीयुमा भर्ना छन् भने पाटनमा ४ जना आईसीयुमा भर्ना भएका छन् ।

सरकारले उपत्यकामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल बलम्बु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेभल टु अस्पतालका रुपमा तोकेको छ । उपत्यकाभरी संक्रमण पुष्टि भएको खण्डमा यी तीन अस्पतालमा रिफर गरिन्छ । टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीका अनुसार कोभिड—१९ का लागि तय भएका वेडहरु हाल भरिएका छन् ।

सरकारले शंकास्दपद व्यक्तिको उचित व्यवस्थापनमा ध्यान नदिए गम्भीर समस्या आउने चिकित्सकहरु बताउँछन् । टेकु अस्पतलमा मात्रै दैनिक ७ जना भर्ना गर्नुपर्ने अवस्था छ । टेकु अस्पतालमा कोभिड—१९ का लागि ३५ वेड मात्रै आइसोलेशन छ । निर्देशक डा. राजभण्डारीका अनुसार आईसीयु २० वेड छ । भेन्टिलेटर ९ वटा रहेका छन् । अस्पतालका अनुसार ३५ जना संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।

पाटन अस्पतालले संक्रमितका लागि ४५ वेड आइसोलेसन बनाएको छ । शंकास्पदका लागि १५ वेड आइसोलेसन र २१ वेड आईसीयु गरी जम्मा ८१ वेड छुट्याएको छ । अस्पतालमा भेन्टिलेटरको संख्या १५ छ । अस्पतालका अनुसार ८१ मध्ये संक्रमितका लागि राखिएको ४५ वेड आइसोलेसनमा ४९ जना भर्ना छन् । अस्पताल भरिएर इमर्जेन्सीमा पनि भर्ना गरिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी अस्पतालले १२० वेड कोभिड—१९ बिरामीका लागि छुट्याएको छ । उक्त अस्पतालमा ७० जना संक्रमित उपचाररत छन् । त्यस्तै २० जना शंकास्पद व्यक्तिहरु आइसोलेसनमा भर्ना छन् । अस्पतालले २० वेड आईसीयु र १० वटा भेन्टिलेटर तयारी अवस्थामा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ