२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगर्भवती र सुत्केरी महिलाको स्वाब परीक्षणमा पहिलो प्राथमिकता दिन मन्त्रालयको आग्रह

गर्भवती र सुत्केरी महिलाको स्वाब परीक्षणमा पहिलो प्राथमिकता दिन मन्त्रालयको आग्रह


काठमाडौँ – सरकारले कोभिड-१९को स्वाब परीक्षणमा गर्भवती र सुत्केरीलाई प्राथमिकता दिन अस्पताल तथा प्रयोशालालाई अनुरोध गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र यसबाट गर्भवती र सुत्केरी महिला समेत प्रभावित भएको भन्दै पहिलो प्राथमिकता दिई स्वाब सङ्कलन गर्न दिन अनुरोध गरेको हो।

यसको साथै संकलन गरिएको सो महिलाको स्वाबको भाँडामा चिन्ह स्वरूप रातो फित्ता वा डोरीले बाधेर प्रयोगशालामा पठाइदिन र सम्बन्धित प्रयोगशालाले पनि पहिलो प्राथमिकतामा राखेर परीक्षण गरी सम्बन्धित निकायमा नतिजा पुर्याउन समेत मन्त्रालयले आग्रह गरेको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ