२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा कोरोना समुदायस्तरमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौंमा कोरोना समुदायस्तरमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना समुदायस्तरमा नफैलिएको जनाएको छ ।मन्त्रालयले गर्ने नियमित प्रेस व्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बसुदेव पाण्डेले अहिलेसम्म पोजेटिभ देखिएका  ८७ प्रतिशत केस युवाहरुमा देखिएको र उनीहरु बाहिरबाट आएकाहरु रहेको जानकारी दिएका हुन् ।

उनले कोरोना केस बढी मात्रामा पुरुषमा देखिनु भनेको समुदायमा नफैलिएको अर्को तथ्य पेश गरे । ‘अहिलेसम्म अधिकांस बाहिरबाट आएका पुरुषमा पोजेटिभ केस देखिएको छ ।’ ,उनले भने, ‘यदि समुदायमा केस पुगेको भए पुरुषमा मात्र देखिदैन थयो महिलामा पनि बराबर देखिनुपर्थ्यो ।’

यसका साथै अहिलेसम्म कुनै एक खास समुदायमा पनि नदेखिएको उनको भनाइ छ । डा. पाण्डेका अनुसार हालसम्म ३ प्रतिशतमात्र कतै नगएकामा पोजेटिभ पाइएको छ । तर ती ३ प्रतिशतको पनि श्रोत हेर्दा काँही न काँही बाहिरबाट आएकासँग जोडिएको उनको दावी छ ।

हालसम्म काठमाडौं उपत्यकामा २ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा १ सय ७५ काठमाडौंका, ४१ ललितपुरका र ४३ भक्तपुरका रहेका छन् । जसमध्ये १२ जनाको संक्रमण श्रोत खुल्न सकेको छैन । संक्रमण श्रोत नखुलेकाहरु बसेको स्थानमा मास परीक्षण सुरु भइसकेको उनले जनाकारी दिए । मास परीक्षणका क्रममा तिनकुने क्षेत्र र नख्खु क्षेत्रका २ सय २८ जनामा गरिएको जाँचमा ‘कोरोना नेगेटिभ’ रिपोर्ट आएको उनले उल्लेख गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ