२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘एक घर, एक पिसिआर जाँच’ माग गर्दै संकल्प प्रस्ताव

‘एक घर, एक पिसिआर जाँच’ माग गर्दै संकल्प प्रस्ताव


पोखरा—नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन संकल्प प्रस्ताव दर्ता गरेको छ । मंगलबार दर्ता भएको प्रस्तावमा प्रदेशभरि ‘एक घर, एक पिसिआर जाँच’को व्यवस्था गर्न माग गरिएको छ ।

नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले कोरोना नियन्त्रण र उपचारको क्षेत्रमा सरकारलाई दबाब दिन संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता भएको हो । कांग्रेसले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्डअनुसारको क्वारेन्टाइनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयु र आइसोलेसन कक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव पेश भएको छ ।

आवश्यक स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आइसोलेसन कक्षको व्यवस्था गर्न र कोरोनाका कारण मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्न गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्थान तत्काल व्यवस्था गर्न सरकारलाई निर्देशन गर्न प्रस्ताव दर्ता भएको कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए ।

प्रत्येक जिल्लामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न स्थान तोक्न प्रस्तावमा माग गरिएको छ । गण्डकी प्रदेशमा हालसम्म ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा ३ जनाको शव व्यवस्थापनमा तनाव उत्पन्न भएको थियो ।

गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ । तीमध्ये ३ सय १६ निको भएर घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ सय ९७ संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ