२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्वारेन्टाइन सुधारको माग गर्दै जनकपुरमा अधिकारकर्मीद्वारा प्रदर्शन

क्वारेन्टाइन सुधारको माग गर्दै जनकपुरमा अधिकारकर्मीद्वारा प्रदर्शन


जनकपुर—धनुषाको जनकपुरमा विभिन्न संघ–संस्थाहरुले सुरक्षित क्वारेन्टाइनको माग गरिएको छ । मंगलबार कायापलट संस्थाको संयोजनमा इन्सेक, ओरेक नेपाल, एम्नेष्टी इन्टरनेशनल र महिला मानव अधिकार सञ्जाल धनुषालगायतको सहकार्यमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले सुरक्षित क्वारेन्टाइनको माग गर्दै प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

क्वारेन्टाइनमा भइरहेको हिंसाको जिम्मेवार को ? क्वारेन्टाइन व्यवस्थापनमा मौन सरकारलाई जिम्मेवारी बोध गराउ भन्ने मूल नारा तथा प्ले कार्डसहित संघसंस्थाका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन् ।

धनुषा जिल्लालगायतको क्वारेन्टाइनमा महिलाहरूमाथि बलात्कार प्रयास भएको, क्वारेन्टाइन महिलामैत्री नरहेको र क्वारेन्टाइनमा पोषणयुक्त खानाको अभाव, औषधी उपचार र रेखदेख नहुँदा राजु सदा आइसोलेनसनमा छटपटिएर मृत्यु हुन पुगेको दुःखद् घटनाहरूप्रति सम्बन्धित सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने बताए ।

संक्रमित देशभर फैलिरहेको अवस्थामा समेत क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित नहुनु र अस्पतालहरूमा भेन्टिलेटरको व्यवस्था नहुनु राज्य पक्षको कमजोरी रहेको हुँदा तत्कालै क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्दै भेन्टिलेटरसहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पताल निमार्णमा जोड दिएका थिए ।

सामाजिक अभियन्ता सरोज मिश्रले अहिले देशभरको क्वारेन्टाइनमा महिलाहरूमाथि दुव्र्यवहार, बलात्कारलगायतका घटनाहरू हुँदै आएकाले विरोध स्वरूप प्ले कार्ड प्रदर्शन गरेको बताए । अभियन्ता कैयुम राइनले क्वारेन्टाइनमा बाहिरबाट व्यवस्थित र सुरक्षित भनिएपनि भित्रबाट महिलामैत्री हुन नसकेको, क्वारेन्टाइनमै घटना हुँदै आएको र आइसालेसन वार्डसमेत व्यवस्थित नभएकाले आफूहरूले विरोध स्वरूप प्ले कार्ड प्रदर्शन गरेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ