२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिन्छु भन्दैं लाखौं ठगी गर्ने पक्राउ

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिन्छु भन्दैं लाखौं ठगी गर्ने पक्राउ


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिलाई डब्लूएचओमा जागिर लगाइदिन्छु भन्दैं ठगी गर्ने ३४ वर्षीय विजय पाण्डेलाई मंगलबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

नवलपरासी पूर्वका पाण्डेले चितवनकी एक महिलाबाट आफू डब्लूएचओको कर्मचारी रहेको कर्मचारी माग भएको अवस्थामा जागिर लगाइदिने भन्दैं पटक—पटक १ लाख ८२ हजार ठगी गरेका थिए ।

विजयले ती महिलामात्रै नभएर चितवनकै अर्का एक व्यक्तिबाट विश्व स्वास्थ्य संगठनकै कार्यलयमा जागिर लगाइदिने भनेर ३ लाख ५० हजार ठगी गरेको पाइएको छ । यस्तै, नवलपरासीका दुई जना व्यक्ति र मनाङका एक जनाबाट पनि डब्लूएचओमै जागिर लगाइदिन्छु भनेर ठगी गरेको पाइएको छ । यस्तै, उनले अन्य दुई महिलालाई पनि डब्लूएचओमै जागिरको प्रलोभन देखाएर ठगी गरेका थिए ।

उनले अछाम तुर्माखाँदकी एक युवतीलाई १ वर्षसम्म नक्कली कार्यलयमा काम गर्न लगाएर तलब नदिइ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । साथै, उनले राजधानीको एक फर्निचर पसलबाट १८ लाखको फर्निचर लिने भन्दैं विश्वासमा लिएर ५० लाख ठगी गरेको पाइएको छ ।

अपराध महाशाखाले उनलाई थप अनुसन्धानका लागि प्रहरी प्रहरी काठमाडौं पठाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ