२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका २३ सहित थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौंका २३ सहित थप २५५ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा २३ जनासहित थप २५५ जना कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

काठमाडौंका १६ जना र ललितपुरका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २५५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित गर्नेको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५३ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोभिड—१९ निको भएर घर फर्किनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

कहाँ कतिमा संक्रमण ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—झापाका ५ जना, तेह्रथुमका १ जना

कोशी अस्पताल प्रयोगशाला विराटनगर—झापाका १ जना, सुनसरीका २ जना, इलामका २ जना,

प्रादेशिक प्रयोगशाला विराटनगर— झापाका १ जना, मोरङका ३

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला— सिरहाका २ जना, सप्तरीका ४ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज—बाराका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—अछामका १७ जना, बैतडीका २ जना, बझाङका ४ जना, दार्चुलाका ४ जना, डोटीका ८ जना, गोरखाका २ जना, कैलालीका १९ जना, कन्चनपुरका ७ जना, काठमाडौंका ६ जना र सर्लाहीका २ जना

भरतपुर अस्पताल प्रयोगशाला— चितवनका ५ जना

हेटौडा प्रयोगशाला—नवपरासीपूर्वका २ जना, रौतहट ३२ जना

पाटन अस्पताल प्रयोगशाला, ललितपुर—दाङका १ जना, धादिङका १ जना, दोलखाका १ जना, झापाका १ जना, कास्कीका १ जना, काठमाडौं १० जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका ७ जना, लमजुङका १ जना, नवलपरासीपूर्वका १ जना, पर्साका १ जना, रामेछापका २ जना, रौतहटका १ जना, सर्लाहीका १ जना, सिन्धुपाल्चोकका १ जना, सुनसरीका १ जना

शिक्षण अस्पताल प्रयोगशाला महाराजगन्ज—काभ्रेका १ जना, मोरङका १ जना

प्रादेशिक प्रयोगशाला पोखरा—म्याग्दीका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा—कास्कीका १३ जना

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा—गुल्मीका ३ जना, पाल्पाका ५ जना र प्यूठानका १ जना

भेरी अस्पताल प्रयोगशाला—बाँकेका २ जना, दाङका ४ जना, कालिकोटका १ जना, रुकुमपश्चिम ३ जना

दैलेख प्रयोगशालामा—सुर्खेतका १ जना

चौरजहारी नगरपालिका प्रयोगशाला—रुकुम पश्चिमका ४ जना, जाजरकोटका १ जना

सुर्खेत प्रयोगशाला—दैलेखका २ जना, मुगुका २ जना, सुर्खेतका १३ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला—दैलेखका ३ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला—डडेल्धुराका २ जना

सेती अस्पताल प्रयोगशाला—अछामका ५ जना, डोटीका ४ जना, कन्चनपुरका ५ जना र कैलालीका १७ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ