२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकीमा २० संक्रमित थपिए

गण्डकीमा २० संक्रमित थपिए


पोखरा-गण्डकी प्रदेशका थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा यी संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ४, तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का संक्रमितलार्य आईसोलेसन कक्षमा राखिसकिएको र अन्य जिल्लाका लाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । त्यसमध्ये ३ सय ८६ जना निको भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ