काठमाडौं—काठमाडौंमा ५ सहित थप १०८ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ । जसमध्ये एक्टीभ केसको संख्या ८ हजार ६ सय रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ३९ जना रहेको छ । अहिलेसम्म नेपालमा ७ हजार ८ सय ९१ जना डिस्चार्ज भएका छन् ।
कहाँ कति संक्रमित थपिए ?
प्रादेशिक प्रयोगशाला विराटनगर— सुनसरीका १ जना, झापाका १ जना
गजेन्द्रनारायण सिंह अस्पताल राजविराज— सप्तरीका २ जना
प्रादेशिक प्रयोगशाला जनकपुर— धुनषाका २ जना, सिरहा ४ जना
जनस्वास्थ्य प्रयोगशाला टेकु—दार्चुलाका १ जना, डोटीका २ जना, काठमाडौंका १ जना, नुवाकोटका १ जना र सर्लाहीका १ जना
शुक्रराज अस्पताल प्रयोगशाला— काठमाडौंंका १ जना
भरतपुर प्रयोगशाला चितवन— चितवका ४ जना, नवलपरासी पूर्व १ जना
हेटौडा प्रयोगशाला— मकवानपुरका १ जना
वीर अस्पताल प्रयोगशाला— काठमाडौं १ जना
त्रिवि शिक्षण अस्पताल प्रयोगशाला— काठमाडौंका २ जना, बाग्लुङका १ जना, सिन्धुपाल्चोकका १ जना,
प्रादेशिक प्रयोगशाला पोखरा— बाग्लुङका २ जना, तनहुँका १ जना र म्याग्दीका २ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— गोरखाका २ जना, कास्कीका ४ जना, लमजुङका ५ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज— बाँकेका २ जना र दाङका २ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— दाङका ५ जना
प्रादेशिक प्रयोगशाला सुर्खेत—दैलेखका ३ जना, मुगुका २ जना, सुर्खेतका १८ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला— बझाङ १६ जना
सेती अस्पताल प्रयोगशाला—अछामका ४ जना, बाजुराका २ जना, कन्चनपुर २ जना, कैलालीका ८ जना