२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा ३ सहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा ३ सहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौंमा ३ सहित थप ७० जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको हो ।

जेठ १४ यता नेपालमा एकदिनमा  कोरोना संक्रमितको संख्या १ सय भन्दा कम पाइएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाका सक्रिय केस संख्या ८ हजार २ सय ३९ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना जितेर ४ सय ३१ जना डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ८ हजार ४ सय ४२ जना रहेका छन् ।

कहाँ कति संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— झापाका २ जना, सिरहा १ जना सुनसरीका ४ र उदयपुरका ४ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर— मोरङका ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— धादिङका २ जना, काठमाडौंका ३ जना, नुवाकोटका १ जना सर्लाहीका ३ जना र सिन्धुपाल्चोकका ५ जना

भरतपुर अस्पताल प्रयोगशाला— चितवनका १ जना

हेटौडा प्रयोगशाला—सिन्धुलीका १ जना, रौतहटका १ जना

पाटन अस्पताल प्रयोगशाला ललितपुर— धादिङका १ जना, पर्वतका १ जना, स्याङजाका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा— बाग्लुङका ३ जना, तनहुँका ४ जना, स्याङजाका ३ जना, म्याग्दीका २ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— कास्कीका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही—पाल्पाका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज— बाँकेका २ जना, बर्दियाका २ जना र दाङका २ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— दाङका ३ जना

चौरजहारी प्रयोगशाला— रुकुम पश्चिमका १ जना

प्रादेशिक प्रयोगशाला सुर्खेत—सर्खेतका ३ जना, सल्यानका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—जुम्लाका २ जना

सेती अस्पताल प्रयोगशाला— अछामका १ जना, कन्चनपुरका ४ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ