२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी तथ्यांक भन्छ—नेपालमा ९५ जनामा स्वास्थ्यकर्मी कोरोना संक्रमित

सरकारी तथ्यांक भन्छ—नेपालमा ९५ जनामा स्वास्थ्यकर्मी कोरोना संक्रमित


काठमाडौं—कोरोना भाइरस संक्रमण फैलिएयता नेपालमा ९५ जनामा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको छ । स्वास्थ्य सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश ५ मा २२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

सबैभन्दा कम प्रदेश १ मा तीन जना संक्रमित भएका छन् । प्रदेश १ मा एक जना अहेब र दुई जना स्टाफ नर्स संक्रमित भएका छन् ।

प्रदेश २ मा स्वास्थ्य संस्थामा काम गर्ने १६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ६ जना अहेब, ४ जना हेल्थ असिस्टेन्ट, २ जना स्टाफ नर्स, १ जना एम्बुलेन्स ड्राइभर, एक जना कम्प्युटर अपरेटर र एक जना स्वास्थ्य कार्यकर्ता छन् ।

बागमती प्रदेशमा १५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमा ६ जना मेडिकल अफिसर, १ जना नर्सिङ अफिसर, ३ जना स्टाफ नर्स र ५ जनाको खुलेको छैन ।

गण्डकी प्रदेशमा १ जना हेल्थ सब कोर्डिनेटर, १ जना ल्याब असिस्टेन्ट, ३ जना मेडिकल अफिसर र १ जना नर्स र २ जना कार्यलय सहायक गरी ८ जनामा संक्रमित भएका छन् ।

प्रदेश ५ मा २२ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमा ५ जना अहेब, १ जना एएनएम, १ जना अस्पताल निर्देशक, एक जना ल्याब असिस्टेन्ट, १ जना स्वास्थ्य सह—संयोजक, ७ जना स्टाफ नर्स र ६ जना मेडिकल अफिसर रहेका छन् ।

कर्णाली प्रदेशमा १५ जना स्वास्थ्य संस्थामा काम गर्ने व्यक्ति संक्रमित भएको इडिसिडीको तथ्यांक छ । जसमा बायो मेडिकल असिस्टेन्ट १ जना, फार्मेसी एसिस्टेन्ट १ जना, हेल्थ असिस्टेन्ट १ जना, हेल्थ वर्कर १ जना, ल्याब असिस्टेन्ट १ जना र ल्याब टेक्नीसियन ४ जना, ल्याब टेक्नोलोजिष्ट २ जना, मेडिकल अफिसर १ जना, रेडियोग्राफर १ जना र क्यासियर १ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ