२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२१ जिल्लाका ४ लाख १२ हजार ४ सय २० बालबालिका खोप पाउनबाट बन्चित हुने

२१ जिल्लाका ४ लाख १२ हजार ४ सय २० बालबालिका खोप पाउनबाट बन्चित हुने


काठमाडौं—देशभर गएको बाढी पहिरोका कारण मुलुकका २१ जिल्लामा नियमित खोप अवरुद्ध हुने भएको छ । कोभिड–१९ महामारीले लामो समय खोप अवरुद्ध भएपछि हालै संचालनमा आएको थियो । तर, देशभर बाढीले डुबान र जमिन कटान गर्दा पुनः खोप अवरुद्ध हुने भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

देशभर ६ लाख २० हजार बालबालिकाले नियमित खोप सेवा लिने गरेका छन् । खोप सुपरभाइजर भरत भण्डारीका अनुसार २३ महिना उमेर समूहका मात्रै ४ लाख १२ हजार ४ सय २० जना खोप पाउनबाट बन्चित हुने छन् । यो तराई क्षेत्रका बालवालिका हुन् । नियमित खोप पाउने १५ महिनामुनिका भने २ लाख ६२ हजार १० जना रहेका छन् ।

प्रदेश नम्बर दुईमा २३ महिनासम्मका १ लाख ६९ हजार ९ सय २० जना सुनसरी, मोरङ र झापाका १ लाख २४ हजार, प्रदेश ५ का तराई क्षेत्रका जिल्लाका ७८ हजार र सुदूरपश्चिम प्रदेशका तराई जिल्लाका ४० हजार ५ सय गरी ४ लाख १२ हजार ४ सय २० जना बालवालिका कम्तिमा पनि एक महिना खोप सेवा पाउनबाट बन्चित हुने भएका छन् ।

भण्डारीकाअनुसार दादुरा रुबेला महाअभियान सकिएकाले स्वास्थ्यमा ठूलो समस्या नआउलाकी भन्ने छ । कोभिड—१९ ले थला परेका बेला पुनः बाढीले खोप प्रभावित बनाएको छ । कसरी संचालन गर्ने भन्नेमा सरकारले चाडै छलफल थाल्नुपर्ने देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ