२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

२९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण


काठमाडौं—नेपालमा उत्पादन भएको गुणस्तरीय भिटिएम लायन्स क्लबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । सोमबार लायन्स क्लबले २९ हजार ६ सय भिटिएम सरकारलाई सहयोग गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए ।

एभ्रेष्ट प्यारेन्टरल प्रालि बारामा उत्पादन भएको उक्त भिटिएम नेपालको पहिलो हो । कोभिड—१९ परीक्षणका लागि आवश्यक नमुना लिएर राख्ने भाडो अर्थात भिटिएम नहुँदा स्वाब संकलनमा अधिकांश समस्या आएको छ । यस्तो बेला गुणस्तरीय भिटिएम उत्पादन गरी सो कम्पनीले बजारमा ल्याएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत यसलाई प्रयोगमा स्वीकृती दिएको छ । देशका अन्य निजी प्रयोगशालामा यही भिटिएम संचालनमा रहेको छ । तर, स्वाथ्य सेवा विभागले भने अझै स्वदेशीलाई खरिद नगरेर चीनमा उत्पादन भएको भिटिएम मात्रै खरिद गरिरहेको छ ।

भिटिएम कम भएको बेला सहयोग स्वरुप आएको २९ हजार ६ सय भिटिएम आवश्यकता हेरेर मुलुकभरका २३ प्रयोगशालामा पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ