२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ९ सहित थप १४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९ सहित थप १४४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ९ सहित थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

१४४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ । अहिले नेपालमा सक्रिय केसको संख्या ६ हजार ६ सय १३ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म १० हजार २ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् ।

कहाँ कति नयाँ संक्रमित ?

प्रादेशिक प्रयोगशाला विराटनगर—झापाका ४ जना, मोरङका १ जना र सुनसरीका १ जना

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला—सप्तरीका १ जना

प्रादेशिक प्रयोगशाला जनकपुरमा—धनुषाका ११ जना, महोत्तरीका ४ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज—धनुषाका १६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौंका २ जना, कपिलवस्तुका ८ जना

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल प्रयोगशाला—भक्तपुरका १ जना

पाटन अस्पताल प्रयोगशाला—ललितपुरका ५ जना, काभ्रेका १ जना, कैलालीका १ जना, म्याग्दीका १ जना र दोलखाका १ जना

हेटौडा प्रयोगशाला—मकवानपुरका १ जना, रौतहटका ९ जना

धुलिखेल अस्पताल प्रयोगशाला धुलिखेल—सिन्धुलीका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—काठमाडौंका १ जना, बाग्लुङका २ जना

प्रादेशिक प्रयोगशाला पोखरा—म्याग्दीका १ जना, पर्वतका १ जना, स्याङजाका १ जना र तनहुँका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही—कपिलवस्तुका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बर्दियाका २ जना, दाङका २ जना

चौरजहारी प्रयोगशाला—रुकुम पश्चिमका २ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—बाँकेका १ जना, दैलेखका २ जना, जाजरकोटका १ जना, सुर्खेतका ४१ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला—बझाङका २ जना, बैतडीका २ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला—अछामका १ जना, कैलालीका १० जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ