२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्यानिटाइजर दर्ताको समय लम्बाउन नहुने भन्दै औषधी उत्पादक संघ धर्नामा

स्यानिटाइजर दर्ताको समय लम्बाउन नहुने भन्दै औषधी उत्पादक संघ धर्नामा


काठमाडौँ – नेपाल औषधी उत्पादक संघले स्यानिटाइजर दर्ताका लागि म्याद थप गरेको भन्दै औषधी व्यवस्था विभागमा धर्ना बसेको छ। सरकारले स्यानिटाइजरको दर्ताको लागि थप ३ महिना दिने निर्णयको विरोध गर्दै संघकाले विभागमा सोमबार बिहान साढे ३ घण्टा शान्तिपूर्णरुपमा धर्ना बसेको हो।

महामारीको समयमा गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्ने बेला सरकारको स्यानिटाइजर दर्ताको समय लम्बाउन नहुने भन्दै  संघले विरोध गरेको हो। धर्नाको मूल माग जनताले प्रयोग गर्ने स्यानिटाइजर गुणस्तरिय हुनु पर्छ भन्ने रहेको बताइएको छ।

सरकारले  म्याद थप्नाले बिना दर्ता र बिना गुणस्तर परीक्षण थप ३ महिना बजारमा स्यानिटाइजर बिक्रि गर्दा जनताको स्वास्थ्य माथि खेलवाड हुने संघको भनाई छ। यस्तै, संघले बिना गुणस्तर र बिना दर्ता कुनै पनि सामाग्री विक्रीवितरण गर्न नदिने उल्लेख गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ