२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट पहिलो व्यक्ति भेन्टिलेटरमा

कोरोना संक्रमणबाट पहिलो व्यक्ति भेन्टिलेटरमा


काठमाडौ – बुधबार प्रदेश नम्बर २ का एक युवक कोरोना संक्रमणका कारण भेन्टिलेटरमा पुगेका छन् । उनलाई कोरोना संक्रमण बाहेक अन्य कुनैपनि रोग नभएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयबहादुर सिंहले बताए । कोभिड–१९का कारणले मात्रै भेन्टिलेटरमा पुग्ने यो पहिलो केस भएकाे उनकाे दाबी छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे पनि अहिलेसम्म कोरोनाकै कारण कुनैपनि बिरामी भेन्टिलेटरमा पुगेको रिपोर्ट नआएको बताउँछन् ।

‘कोभिड– १९ मात्र देखिएर अहिलेसम्म कुनै केस पनि भेन्टीलेटरमा पुगेको रेकड हामीसँग छैन ।’ उनी भन्छन्, ‘यदि वीरगञ्जको त्यस्तो केस हो भने यो नै पहिलो हुनुपर्छ ।’

नेपालमा हालसम्म १७ हजार ६१ जनामा कोभिड–१९ (कोरोना) संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन् भने ३८ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका सबैजनामा कोरोना भाइरसभन्दा पनि अन्य गम्भिर रोगका कारण ज्यान गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनामात्रैका कारण स्वास्थ्यमा गम्भिर समस्या देखा परेर कसैलाई पनि आईसीयु तथा भेन्टिलेटरमा राख्नु  परेको छैन ।

डा. सिंहका अनुसार ती युवक भारतबाट २४ असारमा रौतहट आएका थिए । ५ दिन क्वारेन्टाइनमा बसेका ३६ वर्षीय ती युवकलाई ज्वरो र सुख्खा खोकीजस्ता लक्षण देखिन थालेपछि २८ गते नारायणी प्रादेशिक अस्पतालमा स्वाब लिइएको थियो ।

२९ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका युवकमा समस्या बढ्दै जाँदा बिहान बुधबार भेन्टिलेटरमा पुगेका छन् । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा. सिंहले बताए ।

तस्वीर ः सांकेतिक


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमणकै कारण भेन्टिलेटर, #कोरोना संक्रमणबाट पहिलो व्यक्ति भेन्टिलेटरमा, #नारायणी अस्पतालका, #युवक भारतबाट २४ असारमा रौतहट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ