२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा ७ सहित ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज

काठमाडौंमा ७ सहित ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज


काठमाडौं—काठमाडौं उपत्यका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । जसमध्ये ६ हजार १ सय १४ सक्रिय केस रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेको छ । जुन ६५.३४ प्रतिशत हो ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान— धनकुटाका १ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— मोरङका १ जना, ताप्लेजुङका १ जना

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला— सप्तरीका १३ जना

प्रादेशिक प्रयोगशाला जनकपुर— धनुषाका ६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—नुवाकोटका १ जना, काठमाडौंका ४ जना र सिधन्धुपाल्चोकका १ जना

शुक्रराज अस्पताल प्रयोगशाला टेकु—काठमाडौंका २ जना

भरतपुर अस्पताल प्रयोगशाला भरतपुर— चितवनका ८ जना, नवपरासीपूर्व ११ जना

हेटौडा प्रयोगशाला— रौतहटका ५ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—धादिङका १ जना, काठमाडौंका १ जना, पाल्पाका १ जना र गोरखाका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—कास्कीका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा—तनहुँका ३ जना, म्याग्दीका ९ जना

चौरजहारी प्रयोगशाला रुकुम—सल्यानका ३ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—अछामका १ जना, दैलेखका ३ जना, जाजरकोटका १ जना,
जुम्लाका २ जना, मुगुका १ जना, सल्यानका २ जना र सुर्खेतका २८ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला—डडेल्धुराका २ जना

*यसअघि आज थपिएको संख्या ११४ जना हुन गएकोमा सच्चाइएको छ । (सम्पादक)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ