२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित युवक को मृत्यु

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित युवक को मृत्यु


काठमाडौं– कोभिड–१९ संक्रमणबाट विरगञ्जस्थित नारायणी प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत ३६ वर्षीय एक युवकको मृत्यु भएको छ ।

ती युवक एक हप्ता अघि भारतको बैंङ्गलोरबाट आएर रौतहटको परोहा क्वारेन्टाइनमा बसेका थिए । २८ असारमा अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना भएका उनको कोरोनाको पिसिआर परिक्षण गर्दा बुधबार बिहान पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजेटिभ र उनको स्वास्थ्य अवस्था गम्भीर भएसँगै उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकहरुका अनुसार अन्य रोग नभई कोरोनाकै कारण मृत्यु हुने यी पहिलो व्यक्ति भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयबहादुर सिंहको दाबी छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमितको मृत्यु, #नारायणी प्रादेशिक अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ