२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा १ सहित थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौंमा १ सहित थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज


काठमाडौं—काठमाडौंमा १ सहित थप १६७ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म संक्रमित १७ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सक्रिय केसको संख्या ६ हजार ५६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २१३ जना रहेको छ । नेपालमा अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेका छ । जुन ६४.८५ प्रतिशत हो ।

कहाँ कति संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—झापाका २ जना, सुनसरीका ४ जना

कोशी अस्पताल प्रयोगशाला— झापाका २ जना, उदयपुरका १ जना, इलामका ६ जना

प्रादेशिक प्रयोगशाला विराटनगर—मोरङका ३ जना, ओखलढुंगाका १५ जना

प्रादेशिक प्रयोगशाला जनकपुर— धनुषाका २६ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज—पर्साका २ जना, बाराका १ जना र रौतहटका ६ जना

भरतपुर अस्पताल प्रयोगशाला— धनुषाका १ जना

शुक्रराज अस्पताल प्रयोगशाला—काठमाडौंका १ जना

हेटौडा प्रयोगशाला— नवलपरासीपूर्वका १७ जना, रौतहटका ६ जना र मकवानपुरका ३ जना

प्रादेशिक प्रयोगशाला पोखरा— बाग्लुङका २ जना, स्याङजाका १ जना

प्रादेशिक प्रयोगशला रुपन्देही—रुपन्देहीका १ जना, प्युठानका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बाँकेका ८ जना, सुर्खेतका २ जना, बर्दियाका १ र दाङका १ जना

पिसिआर प्रयोगाशाला दैलेखमा—दैलेखका ६ जना

चौरजहारी प्रयोगशाला रुकुम—रुकुम पश्चिमका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—सुर्खेतका १ जना, सल्यानका २ जना, जाजरकोटका २ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— मुगुका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला—डडेल्धुराका ८ जना

सेती अस्पताल प्रयोगशाला— अछामका ४ जना, कैलालीका १४ जना, कन्चनपुरका १४ जना र बझाङका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ