२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री ढकालको सचिवालयभित्रको विवाद सत्तहमा, निजी सचिवको सरुवा रुकुम पुर्व*

स्वास्थ्यमन्त्री ढकालको सचिवालयभित्रको विवाद सत्तहमा, निजी सचिवको सरुवा रुकुम पुर्व*


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सचिवालयभित्रको विवाद सत्तहमा देखिएको छ । बिहीबार मन्त्री ढकालका निजी सचिवको रुकुम पुर्व सरुवा भएसँगै उक्त विवादमा देखिने गरी बाहिर आएको हो ।

आफ्नो रुकुम पुर्व सरुवा भएको मन्त्रीका निजी सचिव लीलाराज पौडेलले पुष्टि गरे । ‘रुकुम पुर्वको जिल्ला समन्वय कार्यलयमा पोष्टिङ हुने पत्र पाएको छु,’ उनले भने, ‘मेरै रोजाइमा त्यहाँ गएको हुँ ।’ तर, कोभिड—१९ क्राइसिसका बेला मन्त्रीको निजी सचिवालयको कमाण्डको सम्हालेका उपसचिवको पौडेलको सरुवालाई सचिवालय रहेको खटपट विस्फोट भएका रुपमा मन्त्रालयका अधिकारीहरुले लिएका छन् ।

मन्त्रालय स्रोतकाअनुसार मन्त्री ढकालले विज्ञ सल्लाहकारका रुपमा त्रिवि जनस्वास्थ्य विभागका प्रमुख डा. खेम कार्कीलाई नियुक्त गरेसँगै पौडेल र कार्कीबीच तालमेल मिलेको थिएन । विज्ञ सल्लाहकार भएर डा. कार्कीले मन्त्रीलाई नीतिगत सल्लाह दिनेभन्दा निजी सचिवको कार्यक्षेत्र बाझिने गरी काम गरेसँगै पौडेल असन्तुष्ट बनेका थिए ।  उनी असन्तुष्ट बनेसँगै मन्त्री ढकाललाई कार्कीको क्षेत्राधिकारका विषयमा बारम्बार क्लियर हुनुपर्ने सुझाव दिदैं आएका थिए ।

स्रोतकाअनुसार लामो समयसम्म पनि आफ्नो सुझाव सुनुवाई नभएपछि उनी आफैले मन्त्री ढकाललाई मार्गप्रशस्त गरिदिन तयार भएको जानकारी दिएका थिए । एक साताअघिमात्र सचिवालयको बैठक बसी सबैले आ—आफ्नो क्षेत्रमा मात्र काम गर्ने र एकअर्काको काममा दखल नदिने सहमति भएको थियो । तर, त्यसअघि नै पौडेलले दुर्गमका लागि फारम भरिसकेका थिए ।

तथापि, सरुवा भएका पौडेलले बढुवाका लागि दुर्गम आवश्यक भएको हुँदा आफूले मन्त्रीसँग दुई महिना अगाडि नै टिममा अन्य मान्छे खोज्न सल्लाह गरेको दाबी गरे । ‘बढुवाका लागि दुर्गम आवश्यक भएको हुँदा मैले रोजेको हुँ,’ पौडेलले भने, ‘लामो समय काठमाडौं नै बसेको हुँदा दुर्गम सरुवा मागेको थिए, त्यही सरुवा भएको हुँ ।’ उनी मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव हुन् ।

*पाैडेलकाे सरूवा रूकुम पुर्व हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । -सम्पादक


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ