२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लोक बहादुर सेढाई सर्वसम्मत

नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लोक बहादुर सेढाई सर्वसम्मत


चितवन –  नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लोक बहादुर सेढाई सर्वसम्मत चयन भएका छन् । संघको निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. भारतीदेवी शर्मा, उपाध्यक्षमा डा. गुरूशरण साह, सचिवमा डा. सुर्यप्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कँडेल, सह–सचिवमा डा. महेन्द्रकुमार अग्रहरी र सह–कोषाध्यक्षमा डा. अमित चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा डा. प्रजिता भण्डारी, डा. पल्लवराज पौडेल, डा. विवेक कँडेल, डा. रोहन झा, डा. शिव कँडेल र डा. किरण देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।

नवगठित १३ सदस्यीय कार्यसमितिको कार्यकाल ३ वर्षको रहनेछ ।

यसअघि नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. प्रकाश खतिवडा रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. लोक बहादुर सेढाई, #नेपाल चिकित्सक संघ चितवन शाखा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ