२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका ३ सहित थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ३ सहित थप १०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ३ सहित थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडाैंका १ जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ रहेको छ । अहिले नेपालमा सक्रिय केसको संख्या ५ हजार ८ सय ७१ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ६६.१२ प्रतिशत संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—सप्तरीका १ जना

कोशी अस्पताल प्रयोगशाला— झापाका १ जना, मोरङका २ जना

प्रादेशिक प्रयोगशाला विराटनगर— झापाका १ जना

प्रादेशिक प्रयोगशाला जनकपुर— धनुषाका ८ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज—बाराका १ जना, पर्साका २ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—भक्तपुरका २ जना र नुवाकोटका २ जना

हेटौडा प्रयोगशाला—बारा २ जना, मकवानपुरका १ जना, नवपरासीपूर्वका ३ जना र रौतहटका ८ जना र सिन्धुलीका १ जना

धुलिखेल अस्पताल प्रयोगशाला— का्रभेका १ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला— काठमाडौंका १ जना, पाल्पाका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— लमजुङका २२ जना

प्रादेशिक प्रयोगशाला पोखरा— तनहुँका ७ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज— बर्दियाका १० जना, दाङका ५ जना, रोल्पाका १३ जना

लुम्बिनी अस्पताल प्रयोगशाला बुटवल —रुपन्देहीका १ जना

चौरजहारी प्रयोगशाला— रुकुम पश्चिमका १ जना, सल्यानका १ जना

डडेल्धुराका अस्पताल प्रयोगशाला—डडेल्धुराका १ जना, बझाड १ जना, डोटीका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ