२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा मास परीक्षण गर्दा ३ जनामात्रै संक्रमण, समुदायमा कोरोना फैलिएको छैन : मन्त्रालय

काठमाडौंमा मास परीक्षण गर्दा ३ जनामात्रै संक्रमण, समुदायमा कोरोना फैलिएको छैन : मन्त्रालय


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना नफैलिएको जनाएको छ । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले समुदायस्तरमा कोरोना परीक्षण गरेको थियो ।

काठमाडौं उपत्यकामा समुदायस्तरका भिडभाड हुने विभिन्न स्थानबाट ४ हजार ८ सय जनाको नमुना संकलन गरेर परीक्षण गरिएको थियो । जसमा दुई जना विदेशबाट फर्केका र एक जना ब्युटी पार्लर व्यवसायमा संलग्न गरी तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

‘आजको नतिजाहरुले काठमाडौंमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन भन्ने तथ्यलाई प्रष्ट पारेको छ । अन्य विभिन्न तथ्य तथा प्रमाणहरुले समेत समुदायमा समुदायस्तरमा संक्रमण छ भन्ने कुरालाई कही कतै सहयोग गरेको पाइएको छैन्,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

उनले सम्बन्धित व्यक्तिहरुको सावधानी, होसियारी आफू र अरुलाई कोरोनाबाट बच्न र बचाउन सहयोगी हुने तथ्यलाई अझ बल दिने उल्लेख गरे ।

काठमाडौंलगायत विभिन्न ठूलो सहरका सडकका देखिने भिडले जनस्वास्थ्य जोखिमलाई बढाइरहेको प्रवक्ता डा. गौतमले बताए । ‘सबैलाई बन्दाबन्दी पूरै खुलेको हो कि भन्ने पर्न गएझै छ तर हामी कोभिड जोखिमभन्दा पहिलाकोजस्तै सामान्य अवस्थामा फर्किन समय लाग्छ,’ उनले भने, ‘त्यस्तो समय अझै आएको छैन् । हामीले ख्याल गर्नुपर्छ कि पूर्ण रुपमा त्यस्तो अवस्था नआउन पनि सक्छ ।’

डा. गौतमले संक्रमणको संख्या घट्दैं गएपनि कोरोना जोखिम नघटेको बताए । मन्त्रालयले अहिले अफिस, यातायातलगायतका जमघट हुने क्षेत्र खुला हुने क्रम रहेको भन्दैं सजगता अपनाउन सबैसँग अपिल समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ