२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ अर्ब रकम जम्मा हुनुपर्ने स्वास्थ्य कर कोषमा १ अर्ब मात्रै

१२ अर्ब रकम जम्मा हुनुपर्ने स्वास्थ्य कर कोषमा १ अर्ब मात्रै


काठमाडौं—स्वास्थ्य कर कोषमा हरेक वर्ष कम्तिमा पनि १२ अर्ब रुपैयाँ रकम जम्मा हुनुपर्छ । तर, विगत केही वर्षदेखि जम्मा हुने रकमको दायरा साघुरिदैं गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ मा सूर्तिजन्य पदार्थको अन्तःशुल्कबाट उठेको रकमको २५ प्रतिशत स्वास्थ्य कर कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

सूर्तिजन्य पदार्थको अन्तःशुल्कबाट ४९ अर्ब रुपैयाँ रकम उठ्छ । त्यसको २५ प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ भने स्वास्थ्य कर कोषमा जम्मा हुनुपर्छ । अहिले सोही अनुपातमा रकम जम्मा नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले पनि स्वास्थ्य कर कोषमा १२ अर्ब ३२ करोड रकम जम्मा हुनुपर्ने औल्याएको छ । तर, १ अर्ब ८५ करोड मात्रै कर कोषमा जम्मा भएको स्पष्ट पारेको छ । विगत ४ वर्षको अवधिमा १० अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ ।

त्यो ज्यादै न्यून रकम हो । सरकारले स्वास्थ्य कर कोषमा जम्मा भएको रकम सामाजिक संघ संस्थाहरुलाई वितरण गर्दै आएको छ । तर, सो रकम भवन बनाउन प्रयोग हुँदैन । मन्त्रालयले सो रकम धुप्रपान तथा मद्यपानको क्षेत्रमा काम गर्ने स्वास्थ्य संस्थालाई वितरण गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ