२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना कोरोना जितेर घर फर्किए

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना कोरोना जितेर घर फर्किए


काठमाडौं—नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको छ । जसमध्ये सक्रिय केसको संख्या ५ हजार ८ सय २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १०३ जना कोरोना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार ६ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशाला ३ हजार ३ सय ३१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति नयाँ संक्रमित थिए ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशाला—मोरङका २ जना, तेह्रथुमका २ जना

कोशी अस्पताल प्रयोगशाला विराटनगर—इलामका १ जना, मोरङका ६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर— झापाका १ जना, मोरङका १ जना

नारायणी अस्पताल प्रयोशाला— बाराका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— सर्लाहीका २ जना, नुवोकाट १ जना

प्रादेशिक प्रयोगशाला पोखरा प्रयोगशाला— बाग्लुङका १ जना, पर्वतका १ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही— गुल्मीका २ जना, पाल्पाका २ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला —दैलेखका १ जना

दैलेख पिसिआर प्रयोगशाला—दैलेखका ४ जना

चौरजहारी प्रयोगशाला— सल्यानका १ जना, रुकमुपश्चिम ३ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला— डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला— कैलालीका १३ जना, कन्चनपुरका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ