२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३ सहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३ सहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५८ जना रहेको छ । अहिलेसम्म नेपालमा ११ हजार ६ सय ९५ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

कहाँ कति नयाँ संक्रमित थपिए ?

कोशी अस्पताल प्रयोगशाला—सुनसरीका १ जना

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराज— सप्तरीका ३२ जना, सिरहाका १ जना

नारायणी अस्पताल प्रयोशाला— पर्साका ७ जना, बाराका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—सर्लाहीका २३ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला— काठमाडौंका १ जना, ललितपुर २ जना, मोरङका १ जना

हेटौडा प्रयोगशालामा— सर्लाहीका २ जना, रौतहटका २ जना, मकवानपुर १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशाला— कास्कीका ६ जना, लमजुङका ६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा— बाग्लुङका १ जना, म्याग्दी ६ जना, स्याङजाका २ जना र पर्वतका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही— रुपन्देहीका २ जना, प्युठानका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवल—नवलपरासीका १० जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बाँकेका ५ जना, बर्दिया १० जना, दाङका ५ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला— सल्यानका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला— डडेल्धरा २ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला— कैलालीका २४ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ